वि.व्य.स. अध्यक्षको मन्तव्य

वि.व्य.स. अध्यक्षको मन्तव्य भावी सन्ततिहरुलाई उज्यालो, भविष्य, निर्माण गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको यस माध्यमिक विद्यालय जजरागाउ घाेराही ६ दाङ जिल्लाकै पुरानो मध्येको एक र हाल घाेराही उप महानगरपालिका वडा नं ६ अगरा दाङ मा अवस्थित रहेको एक विद्यालय हो । यसको स्थापना प्रा.वि. विद्यालयको रुपमा वि.स. २०१७ सालमा, निम्न माध्यमिक विद्यालयको रुपमा वि.स. २०२२  सालमा, माध्यमिक विद्यालयको रुपमा वि.स. २०५६ सालमा र कक्षा ११ काे अनुमति वि.स. २०७७ सालमा घाेराही उप महानगरपािलका बाट लिई यस क्षेत्रबाट थुप्रै शैक्षिक अग्रजहरु एवम् समाजसेवी, शिक्षक, राजनीतिज्ञ, राष्ट्रसेवकहरु उत्पादन गरिरहेको छ । समुदायकाे पवित्र मन्दिरकाे रूपमा विभिन्न इतिहास बोकेको र दाङ जिल्लाकाे मुख्य केन्द्र घाेराही बजारदेखि करीब ६कि.मी. दक्षिण र विश्वकाे सबैभन्दा अग्लाे त्रिशुल रहेकाे पाण्डवेश्वर महादेव धारापानी मन्दिरकाे नजिकै  रहेको यस विद्यालयले आफ्ना अवयवहरुमा थुप्रै सुधार गरेतापनि शैक्षिक गुणस्तरमा अपेक्षित सुधार गर्ने जमर्कोमा रहेको छ । विद्यार्थीहरुको समय सापेक्ष चाप रहेको यस विद्यालयमा सापेक्ष परिमार्जन गर्दै हाल यस विद्यालयमा कक्षा ११ र १२ मा लेखा र शिक्षाशास्त्र सङ्कायमा पढाइ हुने गरेको छ । हाम्रा सामु अवसर र चुनौति दुवै रहेको छ । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक लगायत सम्पूर्ण पक्षमा एकिकृत र सन्तुलित विकास गर्दै उच्च शैक्षिक उपलब्धि प्राप्त गर्न  एक अब्बल विद्यालयको रुपमा विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । उल्लेखित कुराहरुलाई हृदयङ्गम गरी विद्यालय व्यवस्थापन समिति यसै विद्यालयलाई अभिभावक र आम सरोकारवालाहरुको आशा र भरोसाको शैक्षिक गन्त्व्यको रुपमा विकास गर्न दत्तचित्त रहेको छ । यसै सन्दर्भमा यस विद्यालयले “थोपा थोपा योग,  मा.वि.जजरागाउको समग्र विकासमा हाम्रो सकारात्मक सहयोग” भन्ने मान्यतामा विश्वास गर्दै विद्यालयको समग्र अवयवहरुलाई सन्तुलित र समानुपातिक रुपमा विकास गर्ने प्रतिबद्धताको साथै अघि बढेकोले यस विद्यालयलाइ समुदायकाे ज्ञानकाे ज्याेति फैलाउने पवित्र मन्दिरकाे रूपमा विकास गर्न आर्थिक, नैतिक, भौतिक सहयोग गरिदिनु हुन आम अभिभावकज्यूहरु, पूर्व विद्यार्थीहरु, शिक्षकहरु स्टाफहरु स्थानीय सरकार एवम् आमसरोकारवालाहरु समक्ष विद्यालय व्यवस्थापन समिति मंगला मा.वि. हार्दिक स्वागत गर्दछ ।   
भेषराज शर्मा खनाल
वि.व्य.स. अध्यक्ष