विद्यालयको परिचय

विद्यालयको परिचय

                                      विद्यालयको परिचय

लुम्बिनी प्रदेश, दाङ जिल्ला, घाेराही उप महानगरपालिका वडा नं. ६ (साविक साैडियार गा.वि.स वडा नं. १) जजरागाउमा स्थापना भएकाे हाल अगरामा रहेको माध्यमिक विद्यालय जजरागाउ घाेराही ६ दाङ समुद्र सतह देखि करिब  ६५१ मिटर उचाइमा रहेको छ । यो  घाेराही धारापानी सडक खण्डदेखि करीब १ कि.मी. पुर्वतिर कटुवा खाेलाकाे किनारमा अवस्थित छ । यस विद्यालयको स्वामित्वमा रहेको जग्गाको क्षेत्रफल ११–७–३–२ रहेको छ । घाेराही उप महानगरपालिका वडा नं. ६ अगरामा रहेको यस विद्यालय २७ं ९८' उत्तरी अक्षाशं र ८२ं ४६' पूर्वी देशान्तरमा अवस्थित छ । 

हालको माध्यमिक विद्यालय जजरागाउँ वि.स.२०१७ सालमा जजरागाउँमा स्थापना भएको थियो । समाजसेवी तथा समुदायका अग्रज व्यति एवं संस्थापक अध्यक्ष विषणु प्रसाद चाैधरीकाे पहल तथा  प्र.अ. कुदरमान चाैधरीकाे यस विद्यालयकाे अभिलेख अनुसार यस विद्यालय स्थापना गर्नमा अग्रणी भूमिका रहेको पाइन्छ । 

शै.स. २०७७ साल देखि यस विद्यालयले कक्षा ११काे व्यवस्थापन विषयमा कक्षा सञ्चालन गर्ने अनुमति घाेराही उप महानगरपालिकाबाट पाएकाे थियाे ।